आइतबार, भाद्र २८ गते २०८३
images

आइपिएल:गुजरातलाई पराजित गर्दै पञ्जाव किंग्सको विजयी शुरुवात

एक्सप्रेस पाना
चैत्र १३, २०८१ बुधबार
  • 282
    SHARES
  • आइपिएल:गुजरातलाई पराजित गर्दै पञ्जाव किंग्सको विजयी शुरुवात

    काठमाडौं । पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गर्दै आइपिएलमा विजयी शुरुवात गरेको छ । मंगलबार राती सम्पन्न खेलमा पञ्जावले गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको हो ।

    images

    पञ्जावले दिएको २४४ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउदै २३२ रन बनाएको थियो । 

    गुजरातक लागि साइ सुदर्शनले सर्बाधिक ७४ रन बनाए भने जोस बटलरले ५४, शेरफान रदरफोर्डले ४६ र कप्तान शुभमन गिलले ३३ रन बनाएका थिए ।    

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाउदै २४३ रन बनाएको थियो । 

    पञ्जावका लागि कप्तान श्रेयस अय्यरले अविजित ९७ रन बनाएका थिए । अय्यरले ४२ बल खेल्दै ५ चौका र ९ छक्का प्रहार गर्दै ९७ रन बनाएका हुन् ।  त्यस्तै  प्रियांश आर्याले ४७ र शशांक सिंहले ४४ रन बनाएका थिए ।  त्यसैगरी गुजरातका बलर साइ किसोरले ३ विकेट लिएका थिए । 

  • सम्बन्धित विषय:

  • # आइपिएल