काठमाडौं । जारी आइपिएलमा कोलकोता नाइट राइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । बुधबारराती सम्पन्न खेलमा कोलकताले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।
१५२ रनको लक्ष्य पछाएको कोलकोताले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। कोलकोताको लागि क्वेंटन डिककले अविजित ९७ रन बनाए भने अन्ग्क्रिश रघुबंशीले २२ तथा कप्तान आजिख्य रहानेले १८ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउदै १५१ रन बनाएको थियो ।
राजस्थानका लागि ध्रुव जुरेलले सर्बाधिक ३३ रन बनाए भने यशश्वी जैसवालले २९, कप्तान रियान परागले २५ र जोफ्रा आर्चरले १६ रन बनाए । त्यस्तै कोलकताका बलर बरुण चक्रवर्ती, मोइन अली, हर्षित राना र बैभव अरोराले २(२ विकेट लिएका थिए भने स्पेन्सर जोन्सनले एक विकेट लिएका थिए ।
यो कोलकोताको दोस्रो खेलमा पहिलो जित हो भने राजस्थानले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।


