आइतबार, भाद्र २८ गते २०८३
images

आइपिएल:हैदरावादलाई ५ विकेटले पराजित गर्दै लखनउ विजयी

एक्सप्रेस पाना
चैत्र १५, २०८१ शुक्रबार
  • 296
    SHARES
  • आइपिएल:हैदरावादलाई ५ विकेटले पराजित गर्दै लखनउ विजयी

    काठमाडौं । जारी आइपिएलमा लखनउ सुपर जाइन्टले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । बिहिबार राती सम्पन्न खेलमा लखनउले सनराइजर्सलाई ५ विकेटले पराजित गरेको हो ।

    images

    १९१ रनको लक्ष्य पछाएको लखनउले १६.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। लखनउका लागि नोकोलास पुरनले ७० रन बनाए भने मिचेल मार्शले ५२ र अब्दुल समादले २२ रन बनाएका थिए ।   

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९० रन बनाएको थियो ।

    images

    सनराइजर्सका लागि ट्राभिस हेडले सर्बाधिक ४७ रन बनाएका थिए भने अंकित बर्माले ३६,  नितिश कुमार रेड्डीले ३२, हेइनरिच क्लासेनले २६, कप्तान पाट कमिन्सले १८ रन बनाएका थिए ।

    त्यस्तै लखनउका बलर श्रदुल ठाकुरले ४ विकेट लिएका थिए भने आभेश खान, दिग्भेस राठी, रवि विश्नोई र प्रिन्स यादवले एक एक विकेट लिएका थिए ।

    यो लखनउको दोस्रो खेलमा पहिलो जित हो भने सनराइजर्सको दोस्रो खेलमा पहिलो हार हो । 

  • सम्बन्धित विषय:

  • # आइपिएल