शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

निर्मल निवास पुगेको नगर प्रहरीलाई गेटबाटै फिर्ता गरे पछि हुलाकबाट पठाइयो जरिवाना पत्र

एक्सप्रेस पाना
चैत्र १७, २०८१ आइतबार
  • 248
    SHARES
  • निर्मल निवास पुगेको नगर प्रहरीलाई गेटबाटै फिर्ता गरे पछि हुलाकबाट पठाइयो जरिवाना पत्र

    काठमाडौं । शुक्रबारको प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर निर्मल निवास पुगेको काठमाडौं महानगर प्रहरीको टोली गेटबाटै फर्किएका छन् ।

    images

    शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवाना तोकेको छ ।

    उक्त पत्र लिएर आइतबार निर्मल निवास पुगेको महानगर प्रहरीको टोलीलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका हुन् । निर्मल निवासबाट टोली फिर्ता भएपनि हुलाकमार्फत जरिवानाको पत्र पठाइएको महानगर नगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए । 

    images

  • सम्बन्धित विषय:

  • # निर्मल निवास