काठमाडौं । जारी आइपिएलमा राजस्थान रोयल्सले पहिलो जित हासिल गरेको छ ।
आइतबारराती सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ६ रनले पराजित गरेको हो । १८३ रनको लक्ष्य पछाएको चेन्नई सुपर किंग्सले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको हो ।
चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ६३ रन बनाएका थिए भने रविन्द्र जडेजाले ३२, राहुल त्रिपाठीले २३, शिभम दुवेले १८ र महेन्द्र सिंह धोनीले १६ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर वानिन्दु हसरंगाले ४ विकेट लिएका छन् ।
त्यसै यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १८२ रन बनाएको थियो । राजस्थानका लागी नितिश राणाको ८१ र कप्तान रियान परागको ३७ रन बनाए ।
त्यसैगरी खलिल अहमद, नूर अहमद र माथीशा पथिरानाले २(२ विकेट लिएका थिए ।
यो राजस्थानको तेस्रो खेलमा पहिलो जित हो भने चेन्नईले लगातार दोस्रो हार बेहोरेको छ । चेन्नईले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।


