काठमाडौं । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पहिलो जित हासिल गरेको छ । सोमबार राति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो ।
कोलकोताले दिएको ११७ रनको लक्ष्य पछाएको मुम्बईले १२.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मुम्बईका लागि रयान रिकेलटनले अविजित ६२ रन बनाए भने सूर्यकुमार यादवले २७ रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले १६.२ ओभरमा अल आउट हुदै ११६ रन बनाएको थियो । कोलकोताका लागि अंगकृष रघुबंशीले २६ रन बनाए भने रमनदीप सिंहले २२, मनिष पाण्डेले १८ र रिंकु सिंहले १७ रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर अश्विनी कुमारले ४ विकेट लिएका थिए भने दीपक चहरले २ विकेट लिएका थिए ।
यो यस सिजनमा तेस्रो खेलमा मुम्बईको पहिलो जित हो । त्यस्तै कोलकोताले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।


