आइतबार, भाद्र २८ गते २०८३
images

आइपिएल:रोयल च्यालेन्जर्समाथी गुजरात विजयी

एक्सप्रेस पाना
चैत्र २१, २०८१ बिहीबार
  • 289
    SHARES
  • आइपिएल:रोयल च्यालेन्जर्समाथी गुजरात विजयी

    काठमाडौं । जारी आइपिएलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ८ विकेटले पराजित गरेको हो ।  

    images

    १७० रनको लक्ष्य पछाएको गुजरातले १७.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको लागि जोस बटलरले अविजित ७३ रन बनाएका थिए भने शेरफान रुथरफोर्डले अविजित ३० रन बनाएका थिए । त्यस्तै साइ सुदर्शनले ४९ र कप्तान शुभमन गिलले १४ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका भुवानेश्वर कुमार र जोश हजेलउडले एक एक विकेट लिएका थिए ।


    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ८ विकेट लिदै १६९ रन बनाएको थियो । रोयल च्यालेन्जर्सका लागि लियम लिभिङस्टोनले सर्बाधिक ५४ रन बनाए भने जितेश शर्माले ३३, टिम डेभिडले ३२ र फिल साल्टले १४ रन बनाए ।

    images


    त्यसैगरी मोहमद सिराजले सर्बाधिक ३ विकेट लिए भने साई किशोरले २ विकेट लिएका थिए । त्यस्तै अर्षद खान, प्रसिद्ध कृष्ण र इशान्त शर्माले एक एक विकेट लिएका थिए ।


    यो गुजरातको यस सिजनको दोस्रो जित हो । 

    आइपिएल अन्तर्गत आज कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ ।

  • सम्बन्धित विषय:

  • # आइपिएल