शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

काठमाडौंमा बिहानैदेखि बर्षा

एक्सप्रेस पाना
चैत्र २८, २०८१ बिहीबार
  • 229
    SHARES
  • काठमाडौंमा बिहानैदेखि बर्षा

    काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । 

    images

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । त्यसैले पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ ।

    अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । लामो समयको सुक्खा र खडेरीले आहत भएकाहरुलाई यो वर्षाले केही राहत दिएको छ । तर कतै कतै असिना पानी, चट्याङ र पहिरोले भने दुःख दिएको छ । 

    images

    पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने अनुमान गरिएको छ ।