आइतबार, भाद्र २८ गते २०८३
images

आइपिएल:बैंगलुरुलाई हराउँदै दिल्ली क्यापिटल्सको लगातार चौथो जित

एक्सप्रेस पाना
चैत्र २९, २०८१ शुक्रबार
  • 270
    SHARES
  • आइपिएल:बैंगलुरुलाई हराउँदै दिल्ली क्यापिटल्सको लगातार चौथो जित

    काठमाडौं । जारी आइपिएलमा दिल्ली क्यापिटल्सले लगातार चौथो जित हासिल गरेको छ । 

    images

    बिहिबारराती सम्पन्न खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा चौथो जित हासिल गरेको हो । रोयल च्यालेन्जर्स बैंगलुरुले दिएको १६४ रनको लक्ष्य पछाएको दिल्लीले १७.५ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको थियो ।

    दिल्लीको जितमा केएल राहुलले अविजित ९३ रन बनाएका थिए भने ट्रीस्टान स्टबसले अविजित ३८ रन बनाएका थिए ।

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै १६३ रन बनाएको थियो । बैंगलुरुका लागि फिल साल्ट र टिम डेभिडले ३७–३७ रन बनाएका थिए भने कप्तान रजत पाटीदारले २५ रन र विराट कोहलीले २२ रन बनाएका थिए । त्यस्तै दिल्लीका बलर कुलदीप यादव र भिपराज निगमले २–२ विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # आइपिएल