आइतबार, भाद्र २८ गते २०८३
images

आइपिएल:चेन्नई सुपर किंग्समाथी मुम्बई इण्डियन्स विजयी

एक्सप्रेस पाना
बैशाख ८, २०८२ सोमबार
  • 253
    SHARES
  • आइपिएल:चेन्नई सुपर किंग्समाथी मुम्बई इण्डियन्स विजयी

    काठमाडौं । जारी आइपिएलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले चेन्नईलाई ९ विकेटले पराजित गरेको हो ।

    images

    चेन्नईले दिएको १७७ रनको लक्ष्य पछाएको मुम्बईले १५.४ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    मुम्बईको जितमा रोहित शर्माले अविजित ७६ रन बनाए भने सूर्यकुमार यादवले अविजित ६८ रन बनाएका थिए । त्यसैगरी रयान रिकेलटनले २४ रन बनाएका थिए ।

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १७६ रन बनाएको थियो । चेन्नईका लागि रविन्द्र जडेजाले सर्बाधिक ५३, शिभम दुवेले ५० र आयुष महात्रेले ३२ रन बनाएका थिए ।

    त्यसैगरी मुम्बईका बलर जसप्रित बुमराहले २ तथा दीपक चहर, आश्विनी कुमार र मिचेल सान्टनरले एक एक विकेट लिएका थिए ।

    यो जितपछि मुम्बईको ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक भएको छ र छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नईले भने छैटौ हार बेहोरेको छ । चेन्नईको ८ खेलमा ४ अंक छ र अंक तालिकामा पुछारमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आइपिएल