शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन

एक्सप्रेस पाना
बैशाख ८, २०८२ सोमबार
  • 211
    SHARES
  • ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन

    काठमाडौं । पोप फ्रान्सिसको निधन भएको छ । 

    images

    सोमबार आफ्नो निवासमा ८८ वर्षको उमेरमा निधन भएको भ्याटिकन सिटीले जानकारी दिएको छ । क्याथोलिक ईसाई धर्मगुरु पोप फ्रान्सिस फोक्सोको संक्रमणका कारण ५ हप्तासम्म अस्पतालमा भर्ना भएका थिए । 

    पोप फ्रान्सिस एक अर्जेन्टिनाका जेसुइट पादरी थिए जो २०१३ मा रोमन क्याथोलिक चर्चका २६६औं पोप बनेका थिए । उनी पोप बेनेडिक्ट सोह्रौंको उत्तराधिकारी निर्वाचित भए ।

    images

    पोप फ्रान्सिस पछिल्लो १००० वर्षमा पहिलो व्यक्ति थिए जो गैर(युरोपेली थिए तर क्याथोलिक धर्मको सर्वोच्च पदमा पुगे । पोपको जन्म १७ डिसेम्बर १९३६ मा अर्जेन्टिनाको फ्लोरेन्समा भएको थियो । 

  • सम्बन्धित विषय:

  • # पोप फ्रान्सिस