काठमाडौं । जारी आइपिएलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा दिल्लीले लखनउलाई ८ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६० रनको लक्ष्य पछाएको दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
दिल्लीको जितमा केएल राहुलले ५७ रन बनाए भने अविशेक पोरेलले ५१ र कप्तान अक्सर पटेलले ३४ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १५९ रन बनाएको थियो । लखनउका लागि एडन माक्र्रमले ५२, मिचेल मार्शले ४५ र आयुष बडोनीले ३६ रन बनाएका थिए । त्यसैगरी दिल्लीका बलर मुकेश कुमारले ४ विकेट लिएका थिए ।
यो जितपछि दिल्लीको ८ खेलमा १२ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यसैगरी लखनउले आफ्नो चौथो हार बेहोरेको छ । लखनउको ९ खेलमा ५ जित र ४ हारसहित १० अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ ।


