शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

मुगुमा ट्याक्टर दुर्घटना:एकको मृत्यु, आठ घाइते

एक्सप्रेस पाना
आषाढ ९, २०८२ सोमबार
  • 214
    SHARES
  • मुगुमा ट्याक्टर दुर्घटना:एकको मृत्यु, आठ घाइते

    काठमाडौं । मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैखुमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।

    images

    माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब सातसय मिटर तल खसेको थियो । दुर्घटनामा खत्याड–४ की ५२ वर्षीया सारदा थापाको घटनास्थलमै मृत्यु भएको हो ।

    घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

    images

    घटनाको जानकारी पाएपछि प्रहरी चौकी माँझचौर र ईलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो।

    हाल घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # ट्याक्टर दुर्घटना