शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

मन्थलीको पाखाबारीमा मालवाहक ट्रक दुर्घटना,चालक घाइते

एक्सप्रेस पाना
भाद्र ६, २०८२ शुक्रबार
  • 247
    SHARES
  • मन्थलीको पाखाबारीमा मालवाहक ट्रक दुर्घटना,चालक घाइते

    काठमाडौं । सदरमुकाम मन्थलीबाट सेलेघाटतर्फ जाँदै गरेको बागमती प्रदेश–३०१००३ क ५६४४ नम्बरको मालवाहक लरी(ट्रक) शुक्रबार बिहान मन्थली नगरपालिका–६ पाखाबारीमा दुर्घटना परेको छ । 

    images

    दुर्घटनामा लरी चालक नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि लगिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । 

    उक्त लरी सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेलेघाटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको लरी पटेल रमण कन्स्ट्रक्सनको भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    गत वर्ष असोज १२ गतेको वर्षासँगै आएको बाढीले खुर्कोटमा रहेको सुनकोशी मोटरेवल पुल बगाएपछि पुनर्निर्माण गरिएको बेलिब्रिजमा १५ टनभन्दा बढी क्षमताका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

    आयोजना स्थलमा आवश्यक निर्माण सामग्री पु¥याउने ठूला मालवाहक सवारी साधनलाई सिन्धुली र रामेछापको संगमस्थल सित्खा पुल तरेर मन्थली हुँदै गन्तव्यसम्म लैजानुपर्ने बाध्यता छ । साघुरो सडकमा ठुला सवारी साधन गुडाउँदा दुर्घटना बढेको छ । ठुला सवारी चल्दा सित्खा–गोगनपानी–मन्थली सडक पनि पिच उक्किन लागेको छ ।

  • सम्बन्धित विषय:

  • # ट्रक दुर्घटना