शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

आज गौरा पर्वको तेस्रो दिन:ब्रतालु महिलाहरुले गौरादेवीलाई घर भित्र्याउँदै

एक्सप्रेस पाना
भाद्र १४, २०८२ शनिबार
  • 336
    SHARES
  • आज गौरा पर्वको तेस्रो दिन:ब्रतालु महिलाहरुले गौरादेवीलाई घर भित्र्याउँदै

    काठमाडौं । सुदूरपश्चिमको मुख्य पर्व गौरापर्वको आज तेस्रो गौरादेवीलाई घरमा भित्र्याउने चलन रहेको छ । आजको दिनमा ब्रतालु महिलाहरुले गौरादेवीलाई घरमा भित्र्याउँने गरेका छन् । 

    images

    आज ‘ठूली गौरा’ को दिन गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर फलफूल र बिरुडाले गौरादेवीको पूजा गरिन्छ । व्रतालु महिलाले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।

    आजको दिन साउ, अपामार्ग, तीललगायत वनस्पतिले गौराको प्रतिमूर्ति बनाइ पूजाआजा गर्ने चलन रही आएको छ भने खेतबारीबाट साउ, अपामार्गलगायतका वनस्पतिको प्रतिमूर्ति बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ । 

    images

    यसका साथै साँझको समयमा महिलाहरूले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमीअर्थात् अठ्यावालीका दिन धारण गर्ने गर्दछन् । नयाँ दुबधागोहरू आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रहिआएको छ ।

  • सम्बन्धित विषय:

  • # गौरा पर्व