शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

गोरखामा रात्रिबस दुर्घटना:२१ जना घाइते

एक्सप्रेस पाना
भाद्र १७, २०८२ मंगलबार
  • 216
    SHARES
  • गोरखामा रात्रिबस दुर्घटना:२१ जना घाइते

    काठमाडौं ।  काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ । 

    images

    मंगलबार बिहान गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका  डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् । 

    उनका अनुसार बसमा सवार २२ जनामध्य २१ जना घाइते भएका छन् । केही घाइतेहरुको अवस्था गम्भिर छ भने दुई जना घाइतेलाई काठमाडौं रिफर गर्ने तयारी भईरहेको पनि उनले जानकारी दिएका छन् । 

    images

    बस बे्रक फेलका कारण अनियन्त्रित भएर रोडभन्दा ४ मिटर तल खसेको पनि उनले जानकारी दिएका छन् ।