काठमाडौँ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसंगै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतको मुख्य कम्पनि मेटा सम्पर्कमा आएको छ ।
सिंगापुरस्थित मेटाको कार्यालयका कर्मचारीले सञ्चार मन्त्रालयमा सम्पर्क गरेर दर्ताको लागी आवश्यक विवरण मागेको प्रवक्ता गजेन्द्र प्रसाद ठाकुरले जानकारी दिएका हुन्।
मेटाका एक कर्मचारीले मन्त्रीका स्वकीय सचिवसँग दर्ता गर्ने विवरण माग गरेपछि सो विवरण इमेलमार्फत पठाएको उनले जानकारी दिएका छन् ।
बुधबार मन्त्रालयले दर्ता सूचीकरण नभएका फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दिएको निर्देशन बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनिलाई ति सामाजिक सञ्जाल निष्क्रिय गराउन पत्राचार गरिसकेको छ ।
.jpg)


