शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 203
    SHARES
  • बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

    काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ ।

    images

    माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजी पुस्ताका युवाहरुले भरिएपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो ।

    अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ । आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अगाडि नै रोकेको हो ।

    images

    जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।