काठमाडौं । काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
बानेश्वरमा भएको आन्दोनमापरी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।
उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् ।
उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् ।’
उता सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए भने तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
.jpg)


