शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

एक्सप्रेस पाना
भाद्र २५, २०८२ बुधबार
  • 266
    SHARES
  • अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

    काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशव्यापी रूपमा परिचालन गरिएपछि विभिन्न स्थानहरूमा विध्वंसात्मक र अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।

    images

    सरकारी स्रोतका अनुसार, भदौ २४ गते राति १० बजेदेखि देशभर सुरक्षा व्यवस्था कडा बनाइएपछि भोलिपल्ट बिहान १० बजेसम्म काठमाडौंसहित विभिन्न स्थानहरूमा लुटपाट, आगजनी र जीउधनको क्षति पु¥याउने मनसायले गरिएको हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

    सुरक्षाकर्मीहरूले काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न समूहबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरेका छन् ।

    images

    यस्तै, काठमाडौंका विभिन्न स्थानहरूबाट २३ थान हतियार तथा पोखराबाट ८ थान हतियार बरामद गरिएका छन् । यसरी बरामद गरिएका हतियारहरूको सङ्ख्या ३१ नाल पुगेको छ, जसमा म्यागजिन र गोलीगठ्ठा समेत रहेका छन् ।

    साथै, तीनवटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रणको प्रयास जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

    हिंसात्मक घटनामा २३ जना नेपाल प्रहरीका सदस्यहरू घाइते भएका छन् भने तीनजना सर्वसाधारण पनि घाइते भएका छन्  । उनीहरूको नेपाली सेनाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

    सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको जनाउँदै शान्ति सुरक्षा कायम राख्न आम नागरिकलाई संयमता अपनाउन आह्वान गरेको छ ।