शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल

एक्सप्रेस पाना
भाद्र २५, २०८२ बुधबार
  • 351
    SHARES
  • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल

    काठमाडौं । जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । 

    images

    राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि एजेन्डा तय गर्न भइरहेको छलफलमा विभिन्न कोणबाट छलफल भइरहेको हो । उनीहरूले नेपालमा सैनिक शासन रोक्न, भारतीय सेना आउनबाट रोक्न जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताइरहेका छन् । 

    ‘भारतका सेना आउनबाट रोक्नुछ, कुनैपनि देशको हस्तक्षेप रोक्नुपर्नेछ । सैनिक शासनबाट रोक्नुपर्नेछ । त्यसैले वार्ताको तयारी छिटो गर्नुछ’, जेनजीका नेताहरु जुम मेटिङमा भनिरहेका छन् । 

    images

    उनीहरूले आफूहरू परिपक्व नभएको भन्दै अनुभवी र क्षमतावान् व्यक्तिका रूपमा सुशीला कार्कीलाई सरकार प्रमुखका रूपमा अघि सार्ने धारणा पनि राखिरहेका छन् ।

    चार घण्टादेखि जारी जेन–जीको भर्चुअल बैठकमा सर्वमान्य नेताको खोजी भइरहेको छ ।  नेपाली सेनाले जेन–जीको प्रतिनिधि बोलाइरहका बेला विभिन्न नेताहरूको विकल्पबारे छलफल भइरहेको छ ।