शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए

एक्सप्रेस पाना
भाद्र २७, २०८२ शुक्रबार
  • 227
    SHARES
  • भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए

    काठमाडौं । चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दीहरू क्रमशः फर्किन थालेका छन् ।

    images

    बुधबार बिहान आगजनी गरी भागेका ७४० कैदीमध्ये ५४ जना आफैं फर्किएको जिल्ला कारागार चितवनले जानकारी दिएको छ । 

    बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाल्दासमेत कैदीबन्दी निस्किन सफल भएका थिए । कारागार प्रमुख रविन्द्र ढुंगानाका अनुसार, फोन सम्पर्कपछि कैदीहरू फर्किन थालेका हुन् ।

    images

    ५५० जनाको क्षमता भएको भरतपुर कारागारमा ७४० कैदीबन्दी रहेका थिए, जसमा ४६ जना महिला थिए। आगजनीपछि सुरक्षाकर्मीले नियन्त्रण गर्न नसक्दा कैदीहरू गेट तोड्दै बाहिर निस्केका थिए ।