शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

एक्सप्रेस पाना
भाद्र २९, २०८२ आइतबार
  • 358
    SHARES
  • लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम बन्द भएको छ । 

    images

    आइतबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द रहेको जानकारी गराएको हो । 

    "सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध छ," विभागको सूचनामा भनिएको छ ।

    images