मंगलबार, श्रावण १२ गते २०८३
images
images

इलाम राजदूवालीमा ‘अद्भूत घट्ना’:‘शिला’ हेर्नकै लागि मानिसहरु ओइरिए

एक्सप्रेस पाना
कार्तिक २३, २०८२ आइतबार
  • 222
    SHARES
  • इलाम राजदूवालीमा ‘अद्भूत घट्ना’:‘शिला’ हेर्नकै लागि मानिसहरु ओइरिए

    काठमाडौं ।  इलाम नगरपालिका–९ राजदूवाली पुलछेउ माइखोला किनारमा शिला उत्पन्न भएको भन्दै अवलोकन गर्नेहरुको भीड लागेको छ ।

    images

    स्थानीय एक कन्याको सपनामा देवी पाथीभरा माताले स्वयं प्रकट भई ‘शिला’ रहेको स्थान देखिएको उल्लेख गरेपछि उक्त स्थान चर्चामा आएको हो । उक्त घट्नालाई स्थानीयले ‘अद्भुत धार्मिक घट्ना’ मानेका छन् । 

    सपनालाई आधार मानेर स्थानीय बासिन्दाहरूको उपस्थितिमा सो स्थानमा उत्खनन गर्दा लाम्चो आकारको शिला(ढुंगा) फेला परेको हो। उक्त घट्नापछि इलाम क्षेत्रमा धार्मिक उत्साह र कौतुहलता दुवै बढाएको छ। अहिले त्यहाँ दर्शनका लागि भक्तजनहरूको भीड बाक्लिँदै गएको छ।

    images

    इलाम नगरपालिका–४ की २३ वर्षीया प्रमिला कार्कीले सपनामा सो स्थानमा पाँचवटा शिला देखेको भनेपछि स्थानीयले उत्खनन गर्दा शिला भेटेका थिए । त्यसपछि सो क्षेत्रमा भिडभाड बढेको र नयाँनयाँ माता एवम धामीझाँक्रीहरु आएर पूजा गरिरहेका छन् । शिला हेर्नका लागि मानिसहरु गाडी रिर्जब समेत गरेर राजदूवाली पुगिरहेका छन् । 
    स्थानीयले उक्त शिलालाई पाथीभरा माताको अद्भुत लीला र आस्थाको प्रतीकका रूपमा लिएका छन्। गत १८ असोज राति आएको बाढी र पहिरोका कारण राजदुवाली सडकखण्ड क्षतविक्षत भएको र सोही स्थानमा शिला भेटिएको हो । 

    तर, शिलालाई कन्याको घरमा मन्दिर निर्माण गरी स्थापना गर्ने कि माईखोला किनारमै राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ। सो विवादकै कारण हाल शिलालाई त्यही स्थानमै सुरक्षित राखिएको स्थानीयहरूले बताएका छन्।