शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा विशेष छुट

एक्सप्रेस पाना
श्रावण २६, २०८३ मंगलबार
  • 107
    SHARES
  • नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा विशेष छुट

    काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ ।

    images

    सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब कोषका सहभागी, सेयरधनी र कर्मचारीले २० प्रतिशत छुटको अतिरिक्त अस्पतालले उपलब्ध गराउने सिटी स्क्यान र अपरेशनमा १०र१० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत उक्त छुट पाउनेछ । 

    छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र, सहभागीले कोषमा आवद्ध भएको प्रमाणपत्र वा अन्य पहिचान खुल्ने कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष