काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ०९, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ४७ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १४४, हर्न निषेधमा ३४, लेन क्रसमा ४५, अवस्था ठिक नभएको ४१, एकतर्फीमा ०९ र अन्यमा ५९७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।



