काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार बढेको छ ।
आज बजार ८.८१ अंकले बढेर २६५१.२१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढेसंगै बिहिबार कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ३ अर्ब ५३ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ७२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज त्यसैगरी आज १७१ कम्पनीको सेयर मुल्य बढेको छ भने ८६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १९ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।



