काठमाडौं । साताको तेसो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ०.५५ अंकले बढेर २६४२.४० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढेर बन्द भए पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ११ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ५३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज त्यसैगरी आज १०२ कम्पनीको सेयर मुल्य बढेको छ भने १६५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।



