काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोजेको छ ।
बिहिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा जनकपुरले टस जितेर लुम्बिनी लायन्सविरुद्ध बलिङ गर्ने निर्णय गरेको हो । योसंगै लुम्बिनी ब्याटिङमा छ ।
लुम्बिनी हाल ५ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुरमाथि विजय हात पारे लुम्बिनीले शीर्ष स्थानलाई मजबुत बनाउनेछ । तर लुम्बिनीलाई पराजित गरेमा जनकपुर शीर्ष स्थानमा पुग्नेछ । त्यसैले यो खेल शीर्ष स्थानका लागि प्रतिस्पर्धाका रूपमा पनि रहेको छ ।
.jpg)


