सोमबार, कार्तिक १७ गते २०८३
images
images

जब तिमी रुनेछौ तिमीलाई एक्लै रुनु पर्नेछ.....

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 494
    SHARES
  • जब तिमी रुनेछौ तिमीलाई एक्लै रुनु पर्नेछ.....

    जब तिमी रुनेछौ तिमीलाई एक्लै रुनु पर्नेछ जब तिमी हाँस्नेछौ, तिमीसँग संसार हाँस्नेछ । हार्नै परे पनि आफ्नो मुहारमा निराशाको कसिङ्गर थुप्रिन नदेऊ, याद गर मानिसहरूले थुक्ने कसिङ्गर थुप्रिएकै ठाउँमा हो ।

    images

    किन निराश हुन्छौ? किन रुन्छौ ? किन चिन्ता मान्छौ ? आखिर के लिएर आएका थियौ र के गुम्यो भन्ने चिन्ता ? आखिर रित्तै आएको होइन ? जब रित्तै आएका थियौ भने के गुम्यो भनेर दु:ख मनाउ गर्छौ ? जे दियो यही जिन्दगीले दियो, जे छिनेर लाग्यो यही जिन्दगीले छिनेर लैजानेछ ।

    आखिर के को विषाद ? जसले दियो उसले खोस्यो, जसले खोसेको छ उसले एक दिन दिनेछ पनि । यहाँ रित्तै जन्मिनु छ त्यो पनि रुदै । तिमी रुदै जन्मियौ, अब रोएर नमर, हाँस्दै बाँच, हाँस्दै हाँस्दै मर ।

    images

    किनकी रित्तै जन्मिएको तिमी, बेनाम तिमी बहुत कुरा कमाएर मर्दै छौ । तैपनि रुने ? रुन तिमीलाई कसैले सिकाउनु परेन तिमी रुदै जन्मियौ तर हाँस्न सिक्नु पर्छ तिमीले । हाँस, यहाँ गुनासो गर्ने कुरा भन्दा अधिक कृतज्ञ हुनुपर्ने हजार कारणहरू छन ।(यो भनाइले चित्त बुझाएकिछु!) मेरै लागि बनाएको भनाइ जस्तो लागेको छ । अनिश थापा (काजि)