सोमबार, कार्तिक १७ गते २०८३
images
images

भ्रमित गणतन्त्रको  शब्दजालमा नपर्न देशबासीहरुलाई स्वतन्त्र नागरिक समाजको अपिल 

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 512
    SHARES
  • भ्रमित गणतन्त्रको  शब्दजालमा नपर्न देशबासीहरुलाई स्वतन्त्र नागरिक समाजको अपिल 

    काठमाडौँ । काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर भनेझैँ एमसिसि , दक्षिण एसिया र समग्र एसिया नै अस्थिर बनाउने अमेरिकी रणनैतिक अस्त्र हो । राजसंस्था ,हिन्दुअधिराज्य , अखण्डता माथिको भ्रमीत गणतन्त्र को शब्दजाल मा समस्त आम  नेपाली दिग भ्रमित नपर्न आग्रह गर्दछौं । समस्या एमसिसि होईन समस्या अबैधानिक बाटोबाट जबर्जस्त लादिएको अहिलेको ०७२ संबिधान र भ्रमित ब्यबस्था हो । एमसिसि प्रोपोकाण्डले नेपाल र हामी नेपालीहरु को राष्ट्र ,राष्ट्रियता र एकताको मापनको एक सुचक मात्र हो ।

    images


    जुनदेशमा ९२ प्रतिशत  ओमकार  परिवार र ८२ प्रतिशत  हामी हिन्दुहरु ले संविधान जारि गर्दैगर्दा जनमत संकलन मा धर्मनिरपेक्ष्य हुँनु हुँदैन भन्दा ०७२ भदौ ३ सम्म कराउदै गर्दा ०७२ भदौ ४ पछि जसरि धर्मनिरपेक्ष्य को सडक संधर्ष र बिरोध सक्के जस्तै अहिले सडमा देखिएको एमसिसि को बिरोध र खारेजिको आवाज कहिकतै षड्यन्त्र त होईन । त्यसैले एमसिसि समस्या होईन समस्या संविधान ०७२ हो । एमसिसि खारेज गर भन्दापनि सम्रग  अहिलेको सम्पूर्ण समस्या को बाधक र प्रमुख अस्त्र ०७२ को संविधान को खारेजि को मुद्दामा जाँदा नेपाल को राजनिति र समग्र एसिया को राजनीति सन्तुलनमा आउला नत्रभने हिन्दी मा एउटा उखान छ । हम तो चलेङ्गे सनम तुम्को भि ले चलिङ्गे ।

    कदमकदाचि यदि मानौं एमसिसि पास अहिले को सरकारले गरिहाल्यो भने अहिलेको एमसिसि को खारेजिको चर्का नारा लगाउनेहरु कुँन दुलो तिर पस्ने हुँन कुन्नि त्यो त समय ले देखाउनेछ । अर्को गम्भीर चुनौति यहिलेको सरकारलाई एमसिसि पास पश्चात ,बिआरआई ,लगाएत नागरिकता बिधेक जस्ता राष्ट्र  घाति सम्झौता पुनः दोहरिने हुँदा खुत्रुक्के बिरोध र एमसिसिको खारेजिको मुद्दामा मात्र नगई समग्र सबै देशभक्त ,राष्ट्रबादि ,र देशलाई माया गर्ने शक्ति एक भई देश बचाँउनको लागि अहिले को ०७२ को संविधान खारेजि मा जानुको अन्ने बिकल्प छैन ।

    images

    तत्काल उठाउनु पर्ने राष्ट्रिय मुद्दाहरु ।

    १ शाहाबंसिय राजसंस्था सहितको प्रजातान्त्र काएम गरौं ।
    २ बैदिक सनातन हिन्दुअधिराज्य काएम गरौं ।
    ३(असंलग्न परराष्ट्रनीति र क्षेत्रिय सुरक्षाको वारेन्टी गरौं ।
    ४ निषेध को राजनिति अन्त्य गरौं ।
    ५ प्रतक्ष निर्बाचित प्रधानमन्त्री को ब्यबस्था गरौं ।
    ६ प्रतिनिधि सभा सदस्य मन्त्री हुँन नपाउने बयबस्था गरौं ।
    ७ स्वतन्त्र न्यायपालिका लाई पारदर्शिता गरौं ।
    ८ प्रेस स्वतन्त्रता र मानव अधिकारको सुनिश्चितता गरौं ।
    ९ कृषि र औधोगिक क्रान्ति को नीति अबलम्बन गरौं ।
    १० स्वास्थ्य र शिक्षा मा समानता र निशुल्क गरौं ।

    हेम बिक्रम सिलवाल ।
    स्वतन्त्र नागरिक समाज ।
    पाटनढोका ललितपुर ।