मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 179
    SHARES
  • कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ

    पुस २९ काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका-३ बाट हतियारसहित एक जनालाई पक्रेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका-७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो । 

    images

    मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।