मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रमेश कुमार श्रेष्ठ सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा नियुक्त

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 310
    SHARES
  • रमेश कुमार श्रेष्ठ सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा नियुक्त

    पौष ३० काठमाण्डौ । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा श्री रमेश कुमार श्रेष्ठ नियुक्त भएका  छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गते देखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् । 

    images

    श्री रमेश कुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले  हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २०वर्षभन्दा बढीको अनुभवहासिल गरेका छन् ।उनि संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने  एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन्।

     

    images