मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बाेलेराेले ठक्कर दिँदा दुईजना गम्भीर घाइते

एक्सप्रेस पाना
माघ २, २०७८ आइतबार
  • 357
    SHARES
  • बाेलेराेले ठक्कर दिँदा दुईजना गम्भीर घाइते

    माघ २ ओखलढुंगा । धारामा कपडा धाेइरहेका दुईजनालाई बाेलेराेले ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् । सिद्धचरण नगरपालिका-२ निशंखेस्थित धारामा कपडा धाेइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेकाे बाेलेराे ब्रेक फेल भएर ठक्कर दिएकाे थियाे । 

    images

    ना१ज ४९५१ नम्बरकाे नाैजना यात्रु बाेकेकाे बाेलेराे ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुने ब्यक्तिलाई ठक्कर दिन पुगेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पाेखरेलले जानकारी  दिए । 

    उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चाेट लागेकाे छ । गम्भीर घाइते दुईजनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएकाे छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ । 

    images