मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बिभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

एक्सप्रेस पाना
माघ ४, २०७८ मंगलबार
  • 168
    SHARES
  • बिभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

    माघ ४ काठमाडौं । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट माघ २ गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम सोही जिल्लाको लालबन्दी नगरपालिका २ नवलपुर बस्ने १९ वर्षिय मोहमद शम्सेर मन्सुरी छन् ।

    images

    भारतबाट नेपालतर्फ आउँदै गरेका निज मन्सुरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा कोडीवील ११ बोतल, स्पास्मो १३ वटा र प्रोक्सिभन १३ वटा फेला पारेको हो ।यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले माघ ३ गते एभिल १३ एम्पुल तथा ९ एम्पुल डाईजिल्यापसहित मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ हुलास चोकबाट एक जनालाई पक्राउ
    गरेको छ ।

    पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपनगरपालिका ४ बस्ने २२ वर्षिय बिपिन क्षेत्री छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज क्षेत्रीलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो । सशस्त्र प्रहरीले पक्राउलाई परेका क्षेत्रीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

    images

    नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
    महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट माघ २ गते सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद मुजाहिद रेजा छन् । बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारिएको हो ।

    त्यसवेला एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोट समेत बरामद गरिएको छ । पक्राउ परेका दुवैजनालाई बरामद रुपैयाँ, नक्कली नोट छाप्ने कागज तथा कारसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।