मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना

एक्सप्रेस पाना
माघ ४, २०७८ मंगलबार
  • 230
    SHARES
  • सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना

    माघ ४ सिमकोट । काेभिड-१९काे संक्रमण राेकथामका लागि हुम्लाकाे सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएकाे छ । साथै, अन्य जिल्लासँग जाेडिएका सीमा नाकामा कडाइ गरिएकाे छ ।

    images

    सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको हाे । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमामा हेल्थडेस्क स्थापना गर्ने निर्णय पनि गरेकाे छ ।

    स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहका अनुसार बाजुरासँग जाेडिएकाे कवाडी र मुगुसँगकाे जाच्चयामामा हेल्थडेस्क स्थापना हुनेछ ।

    images

    सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुको विवरण संकलनकाे काम भइरेकाे छ । यसका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको छ ।न्युज कारखाना