मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बसबाट खसेर एक जनाको मृत्यु

एक्सप्रेस पाना
माघ ४, २०७८ मंगलबार
  • 142
    SHARES
  • बसबाट खसेर एक जनाको मृत्यु

    माघ ४ उदयपुर । जिल्लाको उदयपुरगढीबाट गाईघाट आउँदै गरेको ना ३ ख ६९४४ नम्बरको बसबाट उदयपुरगढी गाउँपालिका-५ मा खसेर यात्रुको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । 

    images

    उदयपुरगढी गाउँपालिका-५ का ५० वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको हो । गुडिरहेको बसबाट खसेका राईको बसको पछाडीको टायरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    बसका चालक रौतामाई गाउँपालिका-७ का राजन राउतलाई नियन्त्रणमा लिईएको छ ।

    images