मंगलबार, कार्तिक १८ गते २०८३
images
images

काठमाडौंका यी ठाउँबाट मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना तिराइयो

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 317
    SHARES
  • काठमाडौंका यी ठाउँबाट मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना तिराइयो

    माघ ६ काठमाडौं । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई काठमाडौं प्रशासनले एक सय रुपैयाँ जरिवाना तिराएको छ ।

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई हिड्डुल गर्नेहरूलाई कारबाही गरेको हो । सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरूलाई एक रुपैयाँका दरले जरिवाना तिराइएको हो ।

    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेतृत्वको टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको थियो ।

    images