मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कोरोनाको तेस्रो लहर : भोलि बेलुकाबाट उपत्यकामा जोरबिजोर प्रणाली लागु

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 411
    SHARES
  • कोरोनाको तेस्रो लहर : भोलि बेलुकाबाट उपत्यकामा जोरबिजोर प्रणाली लागु

    माघ ६ काठमाडौं । पछिल्लो केहि दिन देखि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गरेको भन्दै काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिने भएको छ । 

    images

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले बताएकी छन् । काठमाडौं उपत्यकामा बिहिबार १२ हजर बढीमा काेेेराेेेना संक्रमण देखिएको थियोे । पहिला जाेर सवारी साधन चलाउन पाइने छ भने अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ ।