मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज मध्यरातिबाट सवारीसाधनमा जोर विजोर प्रणाली

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 333
    SHARES
  • आज मध्यरातिबाट सवारीसाधनमा जोर विजोर प्रणाली

    माघ ७ काठमाडौं । काठमाडौं उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिएको छ ।

    images

    कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिएको छ । 

    ‘जिल्लाभित्र जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सवारीसाधन सञ्चालन गर्ने’, जारी आदेशमा भनिएको छ । साथै लामो दूरीमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्नुपर्ने पनि भनिएको छ । 

    images

    सवारीसाधन प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग गर्न, सिट क्षमताभन्दा बढी यात्रु नचढाउन आदेश दिइएको छ ।बिहीबार जारी गरिएको आदेशमा अर्काे सूचना जारी नभएसम्मका लागि लागु हुनेछ ।