मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको राशिफल

एक्सप्रेस पाना
माघ ९, २०७८ आइतबार
  • 351
    SHARES
  • आजको राशिफल

    काठमाडौं ९ माघ २०७८ आइतबार । तदनुसार २३, जनवरी २०२२ । माघकृष्णपक्ष पञ्चमी तिथि, तैतिल योग, उत्तरफागुनी नक्षत्र, अतिगण्ड योग, चन्द्रमा कन्या राशिमा छ । आज बिहान सूर्योदय ६ः५६ मा र सूर्यास्त १७ः३५ मा हुनेछ ।

    images

    आज ११ः५५ देखि १२ः३७ सम्म अभिजित मुहूर्त रहेको छ । आज साँझ ४ः१७ देखि ५ः३७ सम्म राहुकाल रहेको छ । आजको देवता र ग्रहदेव दुवै चन्द्र रहेको छ । आइतबार बिहान सधै सूर्यको दर्शन गर्नु मानसिक उर्जाका लागि फाइदाजनक हुनेछ ।

    आइतबार सूर्यको बार पनि हो । सरकारीकामका कुनै समस्या छ भने आजको दिन सुरु गर्दा सफल हुनेछ ।

    images

    मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ) स् आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशातर्फ यात्रा नगर्नुहोला ।  

    वृष  (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)स् वृष राशिका जातका लागि व्यापारव्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्वदिशा तर्फको यात्रा फलदायी  हुनेछ । तपाईंको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह हुनेछ ।

    मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह) स् धनलाभ र नयाँ सुखद खबरले तपाईंलाई हर्ष छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु होला ।  

    कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो) स् आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिमतर्फको यात्रा सफल हुनेछ । तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् । आइतबारको दिन बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु बेस हुनेछ ।

    सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे) स् सिंह राशिका जातकले आइतबारको बिहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईंको अनुकूल छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईंले कसैलाई सहयोग गर्नुभएको छ भने मानसम्मान मिल्नेछ । पारिवारका सदस्यलेसमेत तपाईंलाई माया गर्नेछन्। कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

    कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो) स् आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।  नयाँ र संत्सगी मित्रसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । चन्द्रमाको साथ छ ।  कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईंलाई उनको आशीर्वादले सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।  

    तुला(रा।री।रु।रे।रो।ता।ती।तु।ते) स् मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति द्धेषभाव नराख्नुहोला ।  

    वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु) स् बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।  

    धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे) स् सन्तानबाट सुख परिवारको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । अनावश्यक आरोप लाग्नसक्छ । त्यसैले आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहहरुको प्रभावले तपाईको कार्यकुशलता बृद्धि हुनेछ ।

    मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी) स् व्यापारव्यवसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईंले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला ।

    कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द) स् कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।

    मीन(दी।दु।थ।झ।ञ।दे।दो।च।ची) स् बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातको लागि आइतबारका दिन तपाईंका लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र तपाईको काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।