मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कैलालीमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएको आधा घण्टामै मृत्यु

एक्सप्रेस पाना
माघ ९, २०७८ आइतबार
  • 270
    SHARES
  • कैलालीमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएको आधा घण्टामै मृत्यु

    माघ ९ धनगढी । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।

    images

    उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।