काठमाडौं १० माघ २०७८ सोमबार । तदनुसार जनवरी २४ तारिक । माघकृष्णपक्ष षष्ठी पर सप्तमी, हस्त नक्षत्र, सुकर्मा योग, चन्द्रमा कन्या राशिमा छ । आज सूर्योदय ६ः५६ मिनेटमा भएको छ भने सूर्यास्त ५ बजेर ३७ मिनेटमा हुनेछ ।
आजको देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ । सोमबारको दिन देवादिदेव महादेवको स्मरण मात्रले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । आज विहान ८ः१५ देखि ९ः३६ सम्म राहुकाल रहेको छ भने ११ः५५ देखि १२ः३७ सम्म अभिजित मुहूर्त रहेको छ ।
सोमबारको दिन कुनै शिवालयको दर्शन गर्दा मनमा उर्जा प्राप्त हुने विश्वास छ ।
आजको राशिफल
मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ) स् आज रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउनेछ । बिहानै शिवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।
वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो) स् व्यापारमा सोचेअनुसार नहुन सक्छ । त्यसैले आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईंको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिककाम सम्पादन गर्नसक्नुहुन्छ ।
मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह) स् तपाईंको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन अलि कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेक कुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र खुसीयाली छाउने छ ।
कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो) स् तपाईंको मन अशान्त हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका चिन्तन आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।
सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे) स् आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । त्यसैले यात्रा गर्नुभन्दा पहिले शुभ साइतमा यात्रा गर्नुहोला । । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।
कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो) स् अध्ययनअध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्री जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । चन्द्रमाको साथ रहेको छ । तपाईंले सोचअनुसार काम हुनेछ । त्यसैले विहान सूर्योदयको दर्शन गरेर काम गर्दा सफलता मिल्नेछ । आजको दिन कसैलाई पनि दूवाच्य शब्दको प्रयोग नगर्नुहोला ।
तुला( रा।री।रु।रे।रो।ता।ती।तु।ते) स् तपाईंले आजको दिन सुरु गरेको काम सफलता मिल्नेछ । तपाईंको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नु होला । तपाईंलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।
वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु) स् वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । तपाईंले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन शिवालयमा गएर जल अर्पण गर्नुभयो भने सुनमा सुगन्ध हुनेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।
धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे) स् आजधनलाभ हुनेछ । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आजको दिन कसैलाई दिनुभएको धन प्राप्त हुनेछ ।
मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी) स् तपाईंलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन आकस्मिक धन प्राप्त हुनेछ । विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुनेछ । सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आफन्त र मित्रजनबाट साथ सहयोग मिल्नेछ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।
कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द) स् कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ ।
मीन(दी।दु।थ।झ।ञ।दे।दो।च।ची) स्सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्ययन अध्यापन र अनुसन्धानको काममा समय खर्च हुनेछ । समाज सेवामा समय दिनु पर्नेछ । आजको दिन समय ब्यबस्थापन मिलाएर काम गर्नु आवश्यक छ । सकैसँग पनि विवाद हुने गरी काम नगर्नुहोला
.jpg)


