मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : प्रदेश १, बागमती र गण्डकीमा वर्षा र हिमपात सम्भावना

एक्सप्रेस पाना
माघ १३, २०७८ बिहीबार
  • 191
    SHARES
  • आजको मौसम : प्रदेश १, बागमती र गण्डकीमा वर्षा र हिमपात सम्भावना

    माघ १३ काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली र तराईमा हुस्सु छ ।

    images

    दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

    प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन छ ।

    images

    शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।