मंगलबार, कार्तिक १८ गते २०८३
images
images

धर्मस्थली प्रवेशद्वार शिलान्यास 

एक्सप्रेस पाना
माघ १५, २०७८ शनिबार
  • 326
    SHARES
  • धर्मस्थली प्रवेशद्वार शिलान्यास 

    काठमाडौं, १५ माघ तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजार जाने बाटोमा प्रवेशद्वार निर्माण हुने भएको छ । धर्मस्थली प्रवेशद्वारको आज शिलान्यास गरिएको हो । प्रवेशद्वारको तारकेश्वर नगरपालिका –६ का वडाध्यक्ष मधु कार्की र उपभोक्ता समितिका अध्यक्ष सानुबाबु बिन्दुकारले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । 

    images

    शिलान्यास समारोहमा समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । प्रवेशद्वार निर्माणका लागि तारकेश्वर नगरपालिकाले बजेट विनियोजित गरेको धर्मस्थली प्रवेशद्वार निर्माण समितिले जनाएको छ ।