मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बाजुरा अस्पतालमा शववाहन र एम्बुलेन्स सञ्चालनमा

एक्सप्रेस पाना
माघ १६, २०७८ आइतबार
  • 313
    SHARES
  • बाजुरा अस्पतालमा शववाहन र एम्बुलेन्स सञ्चालनमा

    माघ  १६ बाजुरा ।जिल्ला अस्पताल बाजुराले शववाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

    images

    जिल्ला अस्पतालले सञ्चालन स्वामित्व आफैमा रहने गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको डाक्टर प्रकाशराज जैशीले बताए ।

    भन्सारमा लाग्ने कर छुट गरेर १० लाख लागतमा खरिद गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको अस्पतालले उनले बताए ।

    images

    शववाहन र एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष ०७६र७७ मै बजेट विनियोजन भए पनि खरिद गर्न सकिएको थिएन ।  हाल फेरि बजेट आएपछि खरिद गरिएको हो ।