मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

एक्सप्रेस पाना
माघ १६, २०७८ आइतबार
  • 364
    SHARES
  • चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

    माघ १६ झापा । जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट माघ १५ गते सशस्त्र प्रहरीले करीव २ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले बा १५ च २७८४ नम्बरको कारमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

    images

    त्यसवेला उक्त कार समेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा कार मेची भन्सार कार्यालयमा बुझाईएको छ । बरामद कारको भन्सार दाखिला मुल्य २२ लाख रुपैयाँ रहेको छ ।

    चोरीनिकासीको मोवाईल सशस्त्र प्रहरीद्वारा बरामद : 
    पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ५ स्थित गण्डकनहर ईलाकाबाट माघ १५ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको चोरीनिकासीको १ सय ५० थान (आईपील) मोवाईल सेट बरामद गरेको छ ।

    images

    नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठिप्रसौनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोवाईल सेट लैजान प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद मोवाईल सेट तथा मोटरसाईकल भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।