मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सहाराविहीन लिम्बुनीलाई सहयोग

एक्सप्रेस पाना
माघ १७, २०७८ सोमबार
  • 465
    SHARES
  • सहाराविहीन लिम्बुनीलाई सहयोग

    माघ १७ तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी सहाराविहिन श्रीहाङमा लिम्बुनीलाई सहयोग प्रदान गरिएको छ । एक्लो परिवारकी लिम्बुनी कष्टकर जीवन बिताउँदै आएको समाचार प्रकाशन तथा प्रसारण भएपछि  फक्ताङलुङ गाउँपालिका- ३ खेबेङमा जन्म भई हाल बेलायतमा रहेका गायक तथा समाजसेवी मान तबेबुङ नाजमले लिम्बुनीलाई बाँचुनजेलसम्मलाई चामल सहयोग गर्ने भएका हुन् । 

    images

    उनले पहिलो चरणमा चामल,फलफूल लत्ताकपडा लगायतका सामाग्री प्रदान गरेका छन् । त्यस्तै छथर गाउँपालिका-४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङमा रहेका समाजसेवी शिव ईमेहाङले  खाद्यान्य,लत्ताकपडा,भाडावर्तनको साथमा नगद सहयोग गरेका छन ।

    शारीरिक रुपमा अशक्त रहेकी लिम्बुनीको सहारा कोही नभएका कारण समस्यामा थिइन् ।  स्थानीय कमल लिम्बु र उनका दिदीका छोरा टेकेन्द्र लिम्बुले हेरचाह गर्दै आएका छन् ।न्युज कारखाना 

    images