मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ब्राउन सुगरसहित एक जना पक्राउ

एक्सप्रेस पाना
माघ १७, २०७८ सोमबार
  • 377
    SHARES
  • ब्राउन सुगरसहित एक जना पक्राउ

    माघ १७ कपिलवस्तु । कपिलवस्तुमा लागूऔषध (ब्राउन सुगर) सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका-२ बर्गदवाबाट ३२ वर्षीय अरुण मोक्तानलाई पक्राउ गरेको छ । 

    images

    ललितपुरको महालक्ष्मी नगरपालिका-१, ईमाडोलका मोक्तानबाट प्रहरीले ३ ग्राम ५८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए । 

    आइतबार साँझ चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेशमा दर्ता भएको मोटरसाइकल देखेपछि प्रहरीले केरकार सुरु गरेको  थियो । चेक जाँच गर्दा हात पन्जाभित्र लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको थियो । प्रहरीले मोक्तान सवार बा७४प ६८४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो । 

    images