मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको राशिफल 

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 221
    SHARES
  • आजको राशिफल 

    काठमाडौं १८ माघ २०७८, मंगलबार, तदनुसार १ फेब्रुवरी १ । माघकृष्णपक्ष अमावस्या औशी, श्रवण नक्षत्र, सिद्धि योग, चन्द्रमा मकर राशिमा छ ।

    images

    आज बिहान ६ः५३ मा सूर्योदय र १७ः४३ मा सूर्यास्त हुनेछ । आज ११ः५६ देखि १२ः३९ सम्म अभिजित मुहूर्त रहेको छ । दिउँसो ३ः०१ देखि ४ः२३ सम्म राहुकाल रहेको छ । मंगलबारको दिन गणेश र हुनमानको आरधना गर्ने दिन हो । सामान्यतया मंगलबारको दिन कुनैपनि शुभकार्यको लागि राम्रो बार मानिन्छ । आजको देवता गणेश र ग्रहदेव मंगल छ ।

    विशेषत औँशीका दिन पितृको सम्झनामा जल अर्पण गर्ने र सतपात्रलाई दान गर्ने चलन छ । औँशीका दिन घरका श्रेष्ठ र जेष्ठ सदस्यले बिहानै स्नान गरी पितृको नामस्मरण गरी जल अभिषेक गर्दा परिवारको कल्याण हुने मान्यता छ ।

    images

    मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ) स् मेष राशि भएका जातका लागि मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजय प्राप्त हुनेछ । व्यापारव्यवसायबाट पनि अर्थ लाभ हुनेछ ।  दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

    वृष  (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो) स् आजको दिन अध्ययन अनुसन्धानमा रुची र मनमा हर्ष छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्ने छ । यात्रा चाहिँ कष्टकर हुनेछ । त्यसो त यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्राको शुरुवात गर्नुहोला । आजको दिन तपाईँको आम्दानीको स्रोत बढ्ने छ ।  

    मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह) स् मिथुन राशिका जातका लागि आजको दिन निकै शुभ छ । व्यापारव्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईँले गर्ने काममा सफलता मिल्नेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।  

    कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो) स्  आज तपाईँले आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईँप्रति विरोध गर्नेले  सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा ससाना कुरामा विवाद हुनसक्छ । विवाद हुने काम नगर्नु नै उत्तम हुनेछ।   

    सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे) स् सिंह राशिका जातकले आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

    कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो) स् परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । तपाईंले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । कुमारी कन्यालाई भोजन र बस्त्र दान दिनुभयो भने शुभ हुनेछ ।  

    तुला( रा।री।रु।रे।रो।ता।ती।तु।ते) स् आजको दिन त्यति अनुकुल देखिँदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च  बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईंले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।  

    वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु) स् व्यापारबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्ने छ ।  आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।   

    धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे) स् तपाईंलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। व्यापारमा सफलता मिल्नेछ । आर्थिक कारोबार लाभ भन्दा बढी हानी हुनेछ ।

    मकर भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी) स् मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको साथ रहेको छ ।  मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ । आजको दिन सूर्योदयको दर्शन र जलअभिषेक गर्दा मनमा उर्जा थपिने छ ।   

    कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द) स् तपाईँले सोचअनुसारको काममा कठिनाई हुनेछ । आजको दिन तपाईंले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ । दाम्पत्यजीवनमा खुसियाली छाउनेछ ।    

    मीन(दी।दु।थ।झ।ञ।दे।दो।च।ची) स् बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । आफ्नो काममा ध्यान दिएर योजनाबद्ध ढंगले काम गर्नुपर्ने छ । बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।